तिनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग
बिहीबार, ३१ भदौ २०७८, १८ : ५०
काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृत्तलाई सो कम्प्युटर सहयोग गरेको हो ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमीका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर १ लाख १० हजार मूल्यको १ थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त कम्प्युटर प्रहरी उपरिक्षक मीम बहादुर लामालाई हस्तान्तरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ