लुम्बिनी सरकारले एक साताभित्र पूर्णता पाउने

लुम्बिनी प्रदेश सरकारले एक साताभित्र पूर्णता पाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुक्रवार आयाेजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रिपरिषद्ले एक साताभित्र पूर्णता पाउने बताएका हुन् ।
उनले प्रदेश सभा सुचारु गरेन बिषयमा विपक्षी दलसँग निरन्तर संवाद भैरहेको र केही समय ढिला भए पनि सहमति बाटै प्रदेश सभाको बैठक सुचारू गर्ने समेत बताए ।
यसैबीच शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।
यसैगरी असोज ३ गते संविधान दिवसका अवसरका अवसरमा प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिस अनुसार ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय पनि भएको छ । पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिनेछ।
बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।
यस्तै बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेश बहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ । यसैगरि बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत समेत गरेको छ ।
प्रदेश सरकारले बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय