युवराजले यसरी लगाएका थिए एक ओभरमा ६ छक्का
भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर युवराज सिंहका लागि १९ सेप्टेम्बर सधैं विशेष दिन हो । उनले १४ वर्षअघि २००७ को टी–२० विश्वकपमा इङ्ल्याण्डविरुद्ध देखाएको सनसनीपूर्ण खेल क्रिकेटको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ । इङ्ल्याण्डविरुद्ध युवराजले एक ओभरमा ६ वटा छक्का प्रहार गरेका थिए ।
यो, पहिलो संस्करणको टी–२० विश्वकप थियो र दक्षिण अफ्रिकामा आयोजना भएको थियो । डर्बनस्थित किंसमिड मैदानमा खेलिएको प्रतिस्पर्धामा भारतले युवराजको उत्कृष्ट प्रदर्शनमा इङ्ग्ल्यान्डलाई १८ रनले हरायो । भारतले बनाएको २ सय १८ रन पछ्याएको इङ्ग्लिस टिमले ६ विकेटमा २ सय रन मात्रै बनाउन सक्यो ।
पाँचौ नम्बरमा ब्याटिङ
यस खेलमा रोबिन उथप्पा आउट भएपछि पाँचौ नम्बरमा युवराज सिंह ब्याटिङ गर्न आएका थिए । उक्त समय भारतले १६ ओभर ४ बलमा तीन विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । गौतम गाम्भीर ५८, वीरेन्द्र सेहवाग ६८ र उथप्पाले ६ रन बनाएका थिए । युवराज ब्याटिङ गर्न मैदान छिर्दा कप्तान महेन्द्रसिंह धोनी क्रिजमा थिए ।
स्टुअर्ट ब्रोडको ओभरमा यसरी लगाए छक्का
१९ औं ओभर फ्याँक्नका लागि स्टुअर्ट ब्रोड आए । उनको पहिलो बललाई युवराजले डिप मिड विकेट र लङ अनमाथि प्रहार गर्दै बाउन्ड्री कटाए । दोस्रो बल लेग साइडमाथिबाट बाउन्ड्री बाहिर पुग्यो । तेस्रो, एक्स्ट्रा कभर हुँदै दर्शकदीर्घामा पुग्यो । चौथो बल फुल टस थियो । पाँचौ बलमा घुँडाले जमिनमा टेकेर युवराजले लामो स्ट्रोक हाने । त्यसैगरी अन्तिम बलमा मिड अनमाथि हुँदै छक्का लाग्यो । यसरी युवराजले ब्राडविरुद्ध एकै ओभरमा छ छक्का लगाउने कीर्तिमान बनाए ।
कीर्तिमान यतिमै सिमित थिएन । यही दौरानले उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान पनि बनाए । उनले केवल १२ बलमा अर्धशतक बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ वटा छक्का प्रहार गर्ने युवराज पहिलो क्रिकेटर हुन् । पछिल्लो, समय अन्य तीन क्रिकेटले मात्रै यो उपलब्धि हासिल गरेका छन् । जसमा हर्शल गिब्स, किरोन पोलार्ड र जसकरन मल्होत्रा पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु