एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी
बुधबार, ०६ असोज २०७८, ०६ : ००

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । मंगलबारबाट सुरु भएको बैठक आज दोस्रो दिन विभिन्न प्रस्तावहरुमाथि छलफल सकेर समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।
बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा पेश भएका ५ प्रस्तावमाथि छलफल सक्ने तयारी छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्षको प्रतिवेदनमाथि छलफल सकेर बैठक आजै समापन गर्ने तयारी भइरहेको बताए ।
पहिलो दिनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने अन्य नेताहरुले केन्द्रीय कमिटी विस्तार, कार्यविभाजन, चुनाव चिह्न प्रस्ताव र समसामयिक प्रस्ताव पेस गरेका थिए । अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि ५ वटा समूह बनाएर छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा