काँग्रेस महाधिवेशन: भक्तपुर नगर सभापतिमा तमखु
आइतबार, १० असोज २०७८, १५ : ३७
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार भक्तपुरका स्थानीय तहमा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चुन्ने काम भएको छ ।जसअनुसार काँग्रेस भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु विजयी भएका छन् ।
सभापतिमा निर्वाचित तमखुले ८९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम कासुलाले ६८ मत प्राप्त गरे । उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिल राज दैवज्ञ, सहसचिवमा विष्णु प्रसाद गणेजु र आरती रञ्जित, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका हुन् । चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमीमा मतगणना जारी रहेको काङ्ग्रेस भक्तपुरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै