शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

सोमबार, ११ असोज २०७८, २० : ०५
सोमबार, ११ असोज २०७८

सरकारले निलम्बनमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ । ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् । बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

उनीसहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । यद्यपी, उनले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत यो प्रकरणमा नाम जोडिएको छ । उक्त प्रकरणपछि ढकालले बोर्डमा हुने महासंघको प्रतिनिधिको पदबाट राजीनामा दिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप