शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमोद खरेलको गीत ‘बिहानीको मिर्मिरेमा’ सार्वजनिक

मङ्गलबार, १२ असोज २०७८, ११ : २८
मङ्गलबार, १२ असोज २०७८

गायक प्रमोद खरेलको स्वर रहेको सुमधुर गीत ‘बिहानीको मिर्मिरेमा’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको छायाकन, मिलन श्रेष्ठ र शाहील खानको सम्पादन छ ।
रोमान्टिक गीतको भिडियोमा सुधीर र उषा पनि रोमान्टिक अवतारमा उत्रिएका छन् । भिडियो आशुतोष फिल्मसले निर्माण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप