सन नेपाल लाइफद्वारा अभिकर्तालाई सम्मान
आइतबार, १७ असोज २०७८, १९ : ५४
काठमाडौं । सन नेपाल लाइफले विभिन्न ४ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिवाङ र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै महाप्रबन्धक गौतमले कम्पनीको स्थापना कालदेखि नै सचेतना कार्यक्रम, बिमा अभिकर्ता तालिम र बिमा जागरण सम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताए ।