माधव नेपालको पार्टीले अझै लगाएन मन्त्रीको टुंगो
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरूको नामबारे औपचारिक रुपमा कुनै छलफल नभएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई आफ्नो पार्टीबाट मन्त्री बनाउनेहरूको नाम दिन पटक-पटक आग्रह गर्दै आएका छन् ।
गठबन्धनका केही पार्टीका नेताहरुले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम टुग्याएपनि एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामबारे छलफल भैनसकेको बताए । ‘सत्ता गठबन्धनबीच मन्त्रालयको टुङ्गो लागेपछि मात्रै पार्टीबाट क–कसलाई मन्त्रीमा पठाउने भन्ने निर्णय हुन्छ’, महासचिव भुसालले रातोपाटीसँग भने,‘मन्त्रालय नटुंगिएसम्म मान्छे जाने नटुंगो नलाग्ने मात्रै होइन,मान्छे जाने कुरै चल्दैन ।’
समाजवादीका एक नेताका अनुसार मंगलबारसम्म गठबन्धनले मन्त्रालय बाँडफाँडबारे टुंगो लगाउने शीर्ष नेताबीच छलफल भएको छ । ‘मंगलबार गठबन्धनका शीर्ष नेता बसेर मन्त्रालय टुंग्याउने कुरा छ । सायद आज मन्त्रालयको टुंगो लाग्यो भने बैठक बसेर मन्त्री हुनेको नाम टुंगो लाग्छ ।’
यसअघि एकीकृत समाजवादीका तर्फबाट विरोध खतिवडा,रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, मेटमणी चौधरी लगायतको नाम चर्चामा आएको थियो । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । गठबन्धनले लामो समयसम्म मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको भन्दै आलोचना भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण