मध्य भोटेकोशी जलविद्युतको आइपिओ खुल्यो, कति दिने आवेदन ?
मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो ।
कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार अर्थात कुल निष्काशनको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ भने ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ ।
एक सय रुपैयाँ अंकित दरका कम्पनीको सेयरका लागि लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताहरूले छिटोमा असोज २५ गतेदेखि ढिलोमा कार्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यद्यपि, माग गरेभन्दा बढी आवेदन पर्ने देखिएकाले गोलाप्रथाबाट हुने सेयर बाँडफाँडमा ८ लाख १९ हजार आवेदकले प्रतिव्यक्ति १० कित्ताको दरले मात्र सेयर पाउने देखिन्छ । कम्पनीले यसअघि सिन्धुपाल्चोकका स्थानीय, सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ । उनीहरुले सर्वसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन पाउने छैनन् ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ र मार्मिङ भोटेकोशी गाउँपालिका ५ स्थित मध्य भोटेकोशी खोलामा १०२ मेगावाटको जलविद्युत उत्पादन गर्दैछ । आयोजना २०७० माघ २८ बाट शुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै