ओली सरकारको पालामा भएका भ्रष्टाचार छानबिन गर्न नेपालको माग
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् । एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
केपी शर्मा ओली सरकारको पालामा भएका यती, कोरोना महामारीको बेलामा भएको औषधि खरिदलगायत धेरै मुद्दाको ढाकछोप गर्ने कोसिस भएको बताउँदै उनले राज्यको सम्पत्तिको दुरुपयोग गर्नेलाई एक–एक छानबिन गर्ने काम गर्न आग्रह गरे । “संसारका देशमा प्रधानमन्त्रीदेखि जुनसुकै ओहोदाका व्यक्तिलाई पनि राज्यको सम्पत्तिको दुरुपयोग गर्छ र भ्रष्टाचार गर्छ भने त्यसमाथि छानबिन हुन्छ”, उनले भने, “तर यहाँ कुनै पनि छानबिन भएन, त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री र वर्तमान सरकारलई म आग्रह गर्न चाहन्छु ।” सो क्रममा उनले आफ्नो पार्टी लोकतान्त्रिक विधि र तरिका अवलम्बन गर्न चाहेको बताउँदै पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन र यदि गलत काम गरेको खण्डमा त्यहाँ राखिने छैन भनेर प्रस्ट भनिसकेको बताए ।
“यदि भनेजस्तो काम गरेन भने कारबाही गर्दै मन्त्रीबाट हटाइनेछ”, उनले भने, “भ्रष्टाचार, अनुचित काम गर्ने र देशलाई आँच पु–याउने खालका काम गर्नेलाई छुट दिन सकिदैन ।” उनले आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाएको बताउँदै सो क्रममा थप निर्देशन दिने उनले बताए । उनले सरकारमा बस्नेलाई गलत काम गर्न छुट नभएको उल्लेख गर्दै यसअघिको ओली सरकारका पालामा देशको ढुङ्गा, गिट्टी, बालुवा सबै भारत निकासी गर्न छुट दिएर चुरेभावर क्षेत्र बिजोग हुने र पर्यावरणमा असर पार्ने अवस्था बन्दै गएको बेला आफूले त्यसको रोक लगाउन आवाज उठाएको स्मरण गरे ।
गणतन्त्रको खिसिट्युरी गरेकाले सरकार ढालेको र अझै पनि त्यस्तै व्यवहार देखाए पार्टीमा पनि समस्या उत्पन्न हुने बताउँदै कर्णाली प्रदेशमा आफू नेतृत्वको पार्टी सरकारमा सामेल भइसकेको बताए । अब बागमती प्रदेश र प्रदेश नं १ मा छिट्टै नै आफू नेतृत्वको पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको उनले बताए । त्यससँगै सुदूरपश्चिम प्रदेशमा आफू नेतृत्वको पार्टी एक नम्बरको भएको र प्रदेश २ मा एकीकृत समाजदावी पार्टी एमालेभन्दा अगाडि रहेको दाबी गरे । पार्टी विस्तारै मजबुद हुँदै गएको दाबी गर्दै उनले नेता, कार्यकर्तालाई आफ्नो तह र जिम्मेवारीलाई अवलम्बन गर्न निर्देशन दिए । पाँच दलको गठबन्धन सरकार भएको जस्तै अब हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकारमा रहेका दललगायत अरु दलसँग सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण