शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा घाँटी रेटेर हत्या गरिएका युवकको पहिचान खुल्यो

आइतबार, ३१ असोज २०७८, १४ : २४
आइतबार, ३१ असोज २०७८

धनुषामा घाँटी रेटेर हत्या गरिएका एक युवकको पहिचान खुलेको छ । नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीबाट नवटोली जाने बाटो छेउमा घाँटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको थियो । उक्त शव सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ८ बस्ने सञ्जीव पण्डितको रहेको खुलेको हो .

राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमको लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ल्याएको छ । घटना बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप