शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

बुधबार, ०३ कात्तिक २०७८, ०६ : ५७
बुधबार, ०३ कात्तिक २०७८

मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। 

वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।  यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप