शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बाढी पहिरो प्रभावितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

बुधबार, ०३ कात्तिक २०७८, ०६ : ००
बुधबार, ०३ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरेको छन् ।

सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री देउवाले देशभर भएका क्षतिको विषयमा ब्रिफिङ लिएका छन् भने सो क्रममा उनले मृतकका परिवारका साथै प्रभावितलाई उचित राहत दिने घोषणा गरेका हुन् ।

राहत प्याकेजबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । यसबारे निर्णय लिन केहीबेरमा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकअघि देउवाले विशेषगरी सुदूरपश्चिममा भएको जनधनको क्षतिबारे चासो राखेका थिए । बेमौसमी वर्षाले सुदूरपश्चिममा व्यापक जनधनको क्षति भएपछि देउवाले काँग्रेस नेता रमेश लेखकलाई मन्त्रिपरिषद बैठकअघि सिंहदरबारमा बोलाएर ब्रिफिङ लिएका हुन् । 

सो क्रममा आफूले प्रधानमन्त्रीलाई मृतकका परिवारलाई क्षतिपूर्ति घाइतेलाई निःशुल्क उपचार र बाढी पहिरोका कारण बालीनालीमा क्षति पुगेका किसानलाई राहतका कार्यक्रम घोषणा गर्न सुझाएको लेखकले बताए ।  जसअनुसार देउवाले राहत र क्षतिपूर्तिको घोषणा गरेका हुन् । 

परिषद्को बैठकले प्रभावित क्षेत्रमा राहत र उद्दारको काम प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप