बाढीपहिरो पीडितलाई उचित राहत र क्षतिपूर्ति दिने प्रधानमन्त्रीको प्रतिबद्धता
बिहीबार, ०४ कात्तिक २०७८, ११ : २९
प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर बाढी पहिरोबाट ठुलो क्षति भएको भन्दै पीडित परिवारलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिने बताएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा बिहीबार बिहान सुर्खेत आएका देउवाले क्षतिको अनुगमन भइरहेको र सबै तथ्यांक संकलन भएपछि राहत दिने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरुसँग प्रदेशमा बाढी तथा पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका थिए । सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा काठमाडौंबाट हिँडेका प्रधानमन्त्री देउवा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा करिब आधा घण्टा बिताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
भन्सार विभागका महानिर्देशक भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै पाण्डेलाई निमित्तको जिम्मेवारी
-
गण्डकीमा घटे कण्डम प्रयोगकर्ता, बढे एचआईभी सङ्क्रमित
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण