एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्वाचित
नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी निर्विरोध निर्वाचित भएका छन् । मंगलवारदेखि बेनीमा सुरु भएको प्रथम नगर अधिवेशनका क्रममा नारायण जिसी, चन्द्रकुमार केसी र राजकुमार थापाले नगर अध्यक्षमा दावी गरेपछि लम्बिएको थियो ।
अध्यक्षका आकांक्षी राजकुमार थापाले दाबी फिर्ता लिएपछि जिसी र चन्द्रकुमार केसीबीच सहमति गराउनका लागि पार्टी नेतृत्वले बुधबार दिनभर गरेको प्रयासपछि राती सहमति भएकाले जिसी निर्विरोध भएका हुन् । उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास विश्वकर्मा, उपसचिवमा लक्ष्मण कटुवाल र हिराबहादुर थापा चयन भएको एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले जानकारी दिए ।
एमालेको म्याग्दीका पालिकाहरुमा भएको अधिवेशनबाट अध्यक्षमा धवलागिरीमा होमबहादुर थापा, मालिकामा बेगप्रसाद गर्वुजा, मंगलामा सतप्रसाद रोका र रघुगंगामा प्रेमबहादुर कार्की सर्वसम्मत निर्वाचित भएका छन् । अन्नपूर्ण गाउँपालिकामा सहमति नजुटेकाले अधिवेशन अनिश्चित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय