ad
x

शनिबार मिस युनिभर्स नेपाल छानिने, यस्ता छन् १६ प्रतियोगी

person explore access_timeकात्तिक १२, २०७८ chat_bubble_outline0

‘मिस युनिभर्स नेपाल २०२१’ विजेता शनिबार अर्थात १३ कात्र्तिकमा घोषणा आयोजना हुँदैछ । प्रतियोगिताको शीर्ष उपाधिका लागि निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रीतिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता न्यौपाने, सगुन गुरुङ, सदिक्षा खड्का, प्रतिक्षा महरा क्षेत्री, स्मारिका कार्की,  विभूति गौतम, आर्या निशान्त र अनिशा महर्जन १६ जना भिड्दैछन् ।


आयोजक उमङ्ग क्रियसनले बिहीबार एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको बताएको छ । सोही अवसरमा आयोजकले प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा प्रशोधन कम्पनि ओरिफ्लेम जोडिएको जानकारी दियो ।





याक एण्ड यतिमै आयोजना फाइन स्पर्धामा १६ प्रतियोगीबाट शीर्ष १०, ५ हुँदै बिजेता छानिनेछन् । प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमङ्ग क्रियसनले गत बर्षबाट प्रतियोगी पठाउन थालेको हो ।



गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की बिजेता अंशिका शर्माले गरेकी थिइन् ।  कार्यक्रममा विभिन्न आधा दर्जन शीर्षकमा उपविजेता समेत छानिने आयोजकले जनाएको छ ।  तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी









 


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।