बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एनएमबी बैंकद्वारा १५.८० प्रतिशत लाभांश घोषणा

आइतबार, १४ कात्तिक २०७८, ११ : ३९
आइतबार, १४ कात्तिक २०७८

एनएमबि बैंक लिमिटेडले १५.८० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकले १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद गरि कूल १६.२० प्रतिशत लाभांश वितरण गरेको थियो । तर यसपटक बैंकले ०.४० प्रतिशतले लाभांश घटाउँदै १५.८० प्रतिशत वितरणको घोषणा गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप