लुम्बिनी प्रदेश सरकारले मर्चवारमा प्राविधिक शिक्षालय स्थापना गर्ने
रुपन्देहीको पिछडिएको क्षेत्र मानिने मर्चवारमा लुम्बिनी प्रदेश सरकारले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले भारतसँगको सीमा क्षेत्रमा पर्ने मर्चवारमा छिटै प्राविधिक शिक्षालय खोल्ने बताए ।
नेपाली काँग्रेस मर्चवारी गाउँपालिकाले मर्चवारी–५ मा आयोजना गरेको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले विकासका दृष्टिले वर्षौंदेखि पिछडिएको यस क्षेत्रको समग्र विकासमा प्रदेश सरकारले ध्यान दिने बताए । उनले धार्मिक पर्यटकीय स्थल मर्चवारी देवी मन्दिरको गुरुयोजना बनाएर यसको विकासका लागि काम अगाडि बढाइने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता आशुतोष मिश्राले धार्मिक पर्यटकीय स्थल मर्चवारी देवी मन्दिरको विकासका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले शिक्षाको क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न पनि मन्त्री खाँलाई सुझाव दिए । कृषि सम्बन्धी पढाई सुरु गर्न सके कृषिको विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
रुपन्देही क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित खाँलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा काँग्रेस नेता तथा कार्यकर्ताले हाटीबनगाई चोकदेखि कार्यक्रमस्थल मर्चवारी देवी मन्दिर अगाडिसम्म ¥याली निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण