नेपाली सेना अनुशासित र व्यावसायिक : मन्त्री रिजाल
रक्षा मन्त्री डा.मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा.रिजालले इमान्दारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गरे ।
“राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धर्मराएन”, मन्त्री रिजालले भने, “नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।” सरकार सेनालाई अझ समयानुकूल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा.रिजालको भनाइ थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका डा.रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा कांग्रेसको काँधमा मुलुकको खास जिम्मेवारी रहेको बताए । डा.रिजालले यो जिम्मेवारी निर्वाहका लागि काँग्रेस एकजुट हुन र दललाई मुख्य केन्द्रमा राखेर काममा जुट्न कार्यकर्तासँग अपिल गरे ।
भेटघाटकै क्रममा कार्यकर्ताले उठाएका जिज्ञासाको जवाफ दिँदै डा.रिजालले सैद्धान्तिक रुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठि रहेपनि व्यवहारिक रुपमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अम्बिका र शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक
-
तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाइने, इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची