ओलीलाई बाबुरामको जवाफ : उडन्ते कुरा गर्न शोभनीय भएन
जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले जनयुद्धको बेला भट्टराईकी छोरी कसरी बेलायत पढ्न गइन् भनेर प्रश्न उठाएपछि बाबुरामले पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न शोभनीय नभएको बताएका हुन् ।
भट्टराईले ओलीलाई चुनौती दिँदै लेखेका छन्, ‘ मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्ध पूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’
के भनेका थिए ओलीले ?
आइतबार काठमाडौँमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए :
बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जाने भिसा पाउँदैन थियौँ । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला, के जादु होला त्यसमा ? एक जना भूमिगत क्रान्तिकारी नेताका छोराछोरी.... बाबुको नाम त चाहिन्छ, बाबुको नागरिकता चाहिन्छ, पासपोर्ट बनाउन अनेक चिज चाहिन्छ । कुन पासपोर्टबाट जानु भएको थियो ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताउनुहोस् त ! तपाईंको छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २–४ लाखदेखि ५ लाख महिनाको खर्च हुन्छ, छोरा छोरी कसरी पढाउनुभएको थियो ? कहाँको आम्दानीले भूमिगत हिँड्दा खेरी ? मैले यसो सम्झाइदिएको मात्र !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
