शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खुकुरी रमले फेर्‍यो बोतलको प्याकेजिङ

शनिबार, २७ कात्तिक २०७८, १२ : ०३
शनिबार, २७ कात्तिक २०७८

खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार आयोजित एक समारोहकाबीच विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको नयाँ प्याक सार्वजनिक गरेको हो । सन् १९५९ मा स्थापना भएको ‘द नेपाल डिस्टीलरिज’ ले रमको उत्पादन गर्दै आएको छ । कम्पनीले ग्राहकको माग र अपेक्षालाई ध्यानमा राखेर नयाँ प्याक सार्वजनिक गरेको बताएको छ । 

खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरुमाझ रिसर्च समेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरूबाट आएका प्रतिक्रियाहरूलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरू झल्किने गरी विशेषताहरु समावेश गरिएका छन् ।

नयाँ डिजाइनसहितको प्याक सार्वजनिक गरेपनि रमको स्वाद भने परिवर्तन नगरिएको कम्पनीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप