गगन थापाको प्रश्न : निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ?
नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ काँग्रेसले भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए ।
‘काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन । निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ? त्यो गर्ने कुराले उसको जीवनमा फरक ल्याउँछ भन्ने कुराले छुन्छ ? त्यो प्रश्नको उत्तर लिएर जाने नेपाली काँग्रेसको नेतृत्व हामीलाई चाहिएको छ’, थापाले महाधिवेशनले चयन गर्ने नेतृत्वप्रति लक्षित गर्दै भने, ‘ अबको ५ बर्षमा काँग्रेसले के–के गर्छ त्यसको जवाफ दिनुपर्छ ।’
उनले अदालतभित्र देखिएको समस्याका बारेमा पनि काँग्रेस प्रस्ट हुनुपर्ने धारणा राखे । भने, ‘अदालतभित्र हामी यत्रो ठूलो समस्या देखिरहेका छौँ । अदालत स्वतन्त्र रहनुपर्छ, न्यायालय शुद्ध हुनुपर्छ । अदालतभित्रको नेतृत्व नै विचलित भयो भने न्याय मर्छ । स्वतन्त्र न्यायपालिका र अदालतको मर्यादाका लागि काँग्रेस लड्छ भन्ने विश्वास भएमात्रै एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण