माहुरीको टोकाइबाट १ दर्जन घाइते

रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का युवाहरू राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साहलगायत छन् । त्यस्तै ३ जना बालबालिका र एक जना महिला पनि घाइते भएको बताइएको छ ।
घाइतेमध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र केहीको निजी अस्पतालमा उपचार भइरहेको पीडित मध्येका राकेश गिरिले रातोपाटीलाई बताएका छन् । केही उपचार पछि निको भैसकेका छन् । कटहरिया ५ स्थित एउटा गोठमा युवाहरू तास खेलेर बसिरहेका बेला गोठको पूर्वमा रहेको सिमलको रुखमा रहेको माहुरीको घारमा एउटा चरा ठोक्कएपछि आक्रोशित माहुरीहरूले उनीहरूमाथि आक्रमण गरेका थिए । एकै जनालाई सयौँ माहुरीले टोकेकाले केही मानिस अचेतसमेत भएकाले गाउँले उनीहरूलाई अस्पताल सम्म उपचारको लागि पुर्याएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने