शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

म नै हुँ प्रदेश ४ को मुख्यमन्त्री': किरण गुरुङ

बुधबार, २२ कात्तिक २०७४, १४ : १५
बुधबार, २२ कात्तिक २०७४


तनहुँ -   तनहुँ क्षेत्र नम्बर २ (ख)का उम्मेदवार एवं नेकपा एमाले प्रदेश ४ का संयोजक किरण गुरुङले  अाफू नै प्रदेश नम्बर ४ काे मुख्यमन्त्रीकाे दाबेदार रहेकाे बताएका छन् । 
 दमौली बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भने- "म किन प्रदेशमा गएँ, सबै लाई थाहा नै होला नि, त्यो सबैले बुझ्ने कुरा हो ।  भावी मुख्यमन्त्रीको निम्ति दाबेदार भएर नै त्यहाँ गएको हुँ ।" 
 
एमाले र माओवादी मिलेपछि काङ्ग्रेसले एक दर्जन सिट पनि  जित्न नसक्ने बताए ।  "काङ्ग्रेस भनेको नाम मात्रै प्रजातन्त्रबादी हो, नेपाली काङ्ग्रेसमा लोकतन्त्र नै छैन" नेता गुरुङले पत्रकार सम्मेलनमा भने । चुनाव पछि एमाले र माओवादी केन्द्र बीच पार्टी एकता हुँदा ६०-४० को कमिटी हुने समेत नेता गुरुङले बताए ।
       गुरुङ २०४८ र २०६४ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसपटकको निर्वाचनमा भने उनी तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा उम्मेदवार हुन् ।
       यसअघिको संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि एमालेले जीत हासिल गरेको क्षेत्रमा किरणलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । त्यस क्षेत्रबाट एक चोटीमात्र कांग्रेसले जितेको छ भने अरु सधैँ एमालेले नै जित हाँसिल गर्दै आएको छ । त्यसैले गुरुङले यो निर्वाचनमा जीत हासिल गरेर मुख्यमन्त्री बन्ने दाबी गरिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप