म नै हुँ प्रदेश ४ को मुख्यमन्त्री': किरण गुरुङ
तनहुँ - तनहुँ क्षेत्र नम्बर २ (ख)का उम्मेदवार एवं नेकपा एमाले प्रदेश ४ का संयोजक किरण गुरुङले अाफू नै प्रदेश नम्बर ४ काे मुख्यमन्त्रीकाे दाबेदार रहेकाे बताएका छन् ।
दमौली बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भने- "म किन प्रदेशमा गएँ, सबै लाई थाहा नै होला नि, त्यो सबैले बुझ्ने कुरा हो । भावी मुख्यमन्त्रीको निम्ति दाबेदार भएर नै त्यहाँ गएको हुँ ।"
एमाले र माओवादी मिलेपछि काङ्ग्रेसले एक दर्जन सिट पनि जित्न नसक्ने बताए । "काङ्ग्रेस भनेको नाम मात्रै प्रजातन्त्रबादी हो, नेपाली काङ्ग्रेसमा लोकतन्त्र नै छैन" नेता गुरुङले पत्रकार सम्मेलनमा भने । चुनाव पछि एमाले र माओवादी केन्द्र बीच पार्टी एकता हुँदा ६०-४० को कमिटी हुने समेत नेता गुरुङले बताए ।
गुरुङ २०४८ र २०६४ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसपटकको निर्वाचनमा भने उनी तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा उम्मेदवार हुन् ।
यसअघिको संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि एमालेले जीत हासिल गरेको क्षेत्रमा किरणलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । त्यस क्षेत्रबाट एक चोटीमात्र कांग्रेसले जितेको छ भने अरु सधैँ एमालेले नै जित हाँसिल गर्दै आएको छ । त्यसैले गुरुङले यो निर्वाचनमा जीत हासिल गरेर मुख्यमन्त्री बन्ने दाबी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
-
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
-
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण