शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ काँग्रेसमा पुन: मतदान : देउवा पक्षलाई सिटौलाको साथ

सोमबार, १३ मङ्सिर २०७८, १८ : १२
सोमबार, १३ मङ्सिर २०७८

नेपाली काँग्रेस मोरङको सभापतिका लागि डिकबहादुर लिम्बु र दोस्रो मत प्राप्त गर्ने दिलीप गच्छदारबीच मात्र चुनावी प्रतिस्पर्धा हुन भएको छ । आइतवार सम्पन्न निर्वाचनमा तीन अलग अलग समूहका तीनजना प्रतिस्पर्धीमध्ये कसैको पनि बहुमत नआए पछि सभापति पदमा भोलि पुन: मतदानको कार्यतालिका रहेको छ । 

मंगलबार तेस्रो मत प्राप्त गर्ने उम्मेदवार यदु विष्टले भने चुनावी प्रतिस्पर्धामा भाग लिन पाउने छैनन् । काँग्रेस पार्टीको विधान अनुसार निर्वाचित हुनका लागि सभापतिका प्रतिस्पर्धी उम्मेदवारहरूले ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ ।  त्यसैले पहिलो मत प्राप्त गर्ने डिकबहादुर लिम्बु र दोस्रो मत प्राप्त गर्ने दिलीप गच्छदारबीच मात्र चुनावी प्रतिस्पर्धा हुनेछ ।  

तेस्रो मत प्राप्त गर्ने उम्मेदवार यदु विष्टले मोरङ सभापतिका लागि संस्थापन पक्षबाट सभापति दिलीप गच्छदारलाई समर्थन गरेका छन् । निर्वाचन प्रक्रियाबाट बाहिरिएका कृष्ण सिटौला समूहका उम्मेदवार विष्टले आज पत्रकार सम्मेलन गरी संस्थापन पक्षका उम्मेदवार दिलीप गच्छदारलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

उनले आफू पार्टीलाई विधिमा चलाउनका लागि उम्मेदवार बनेको र त्यसैका लागि आफूलाई मतदान गर्ने सबै जनालाई मतदान गर्न उनले मतदाताहरूलाई आग्रह गरेका छन् । गुट फरक भए पनि विचारमा एकमत रहेकाले गच्छदारलाई आफूले समर्थन गरेको विष्टले पत्रकार सम्मेलनमा बताए । उनले आफ्ना मतदातालाई गच्छदारलाई मत हाल्न पनि आग्रह गरेका थिए ।

पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सांसद रमेशजङ्ग रायमाझी , केन्द्रीय सदस्य अमृत अर्याल,विराटनगर महानगरपालिका मेयर भीम पराजुली, सुन्दरहरैचना नपाका मेयर शिव ढकाल लगायतले समर्थन गरेका छन् ।  संस्थापन पक्षका गच्छदारको समूहबाट उप–सभापति गोपालबहादुर थापा, सुबोधकुमार सिंह, सचिवमा अर्जुन निरौला, शिवप्रसाद ढकाल, सह–सचिवमाअशोक रिजाल र सुभाष भण्डारी सदस्यहरूमा देवचन्द्र घिमिरे, भीम कुँवर, रामविलास साह, सुशिलकुमार कोइरालालगायतको प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए ।

संस्थापनइतर कोइराला–पौडेल पक्षबाट सभापतिमा डिकबहादुर लिम्बु, उपसभापतिमा नागेश कोइराला, भक्तिनाथ माझी, सचिवमा मोदराज घिमिरे र ललितकुमार श्रेष्ठ, सह–सचिव भुवनेश्वर मण्डल लगायतको प्यानलले भागिएको थियो । नेता कृष्ण सिटौला पक्षबाट सभापति यदु विष्टको नेतृत्वमा अलग्गै प्लानलमा चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप