शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालियो : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्र प्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली काँग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्त्व नदिई शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको बताएका हुन् ।
आदर्शको राजनीति नहुँदा पार्टी भित्र कमीकमजोरी देखा पर्न थालको उनले बताए । उनले भने, ‘१७ सालदेखि ४६ सालको अवधिसम्म काँग्रेस मूल्य र मान्यताको राजनीतिमा आधारित थियो । ४६ पछि मूल्य, मान्यताको राजनीतिलाई महत्त्व नदिइ, आदर्शको राजनीतिलाई महत्त्व नदिइ शक्तिकेन्द्रीत राजनीतिमा जोड दिइयो । सत्ताको राजनीतिलाई जोड दिएको कारणले गर्दा खेरी कमी कमजोरी देखा पर्न थालेको छ । प्रजातान्त्रिक पार्टी, आन्तरिक डेमोक्रयाटिक एक्सरसाइज त हुनुपर्‍यो । तल्लो तहदेखि केन्द्रसम्म पार्टीको विधान अनुसार पार्टी चल्नुपर्‍यो । विधिसम्मत, नियमसम्मत तवरले पार्टी चल्नुपर्‍यो । संस्थागत रूपमा पार्टी चल्नुपर्‍यो ।’
नेता सिंहले नेपालका राजनीतिक दलहरू संस्थागत रूपले चल्न नसकेको आरोप लगाए । राजनीतिक दलहरू संस्थागत रूपले चल्न नसक्दा प्राप्त भएका राजनीतिक उपलब्धिहरूलाई जनतासम्म प्रभावकारी रूपले पुर्याउन नसकिएको उनको भनाई छ । राजनीतिक पार्टीमा भएका कमी, कमजोरी र विकृतिहरुलाई हटाउनुपर्ने उनले बताए । उनले प्रजातान्त्रिक प्रणालीको रक्षाको निम्ति काँग्रेसलाई मजबुत बनाउनुपर्ने बताए । काँग्रेसलाई विधिसम्मत, नियमसम्मत र संस्थागत रूपमा चुनौती सामना गर्न सक्ने प्रभावकारी पार्टीको रूपमा परिणत गर्नु आवश्यक रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको १८ बुँदे प्रस्ताव : सहकारी ठगीमा कारबाहीदेखि रुस-युक्रेन युद्ध रोक्नेसम्म
-
कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव : रविलाई बोल्न दिनुस्, समिति बन्छ
-
भारतको काश्मीरबाट उद्धार गरिएका श्रमिक आइपुगे नेपाल
-
गिरीबन्धुको नाम सुनेपछि किन झस्किन्छन् ओली ?
-
कलंकी बलात्कार घटनाका फरार आरोपित पक्राउ
-
बागमती प्रदेश : संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक