पोखरामा लागु औषधसहित २ जना पक्राउ
बिहीबार, १६ मङ्सिर २०७८, २१ : ०२
पोखरामा लागु औषधसहित दुई जना पक्राउ परेका छन् । लागु औषधको किनबेच गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले अवैध लागू औषधसहित दुई जनालाई छोरेपाटनबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका पौवेगौडे घर भइ पोखरा रामबजार बस्दै आएका २८ वर्षीय जोनी गुरुङ र तनहुँ शुक्लागण्डकी ढोरबाराहीका २६ वर्षीय पूर्णबहादुर गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध डाईजापाम–९६ एम्पुल, नुर्फिन–९७ एम्पुल, फेनारगन–९६ एम्पुल र तीन वटा मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनीहरुलाई अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ