
सकियो ‘बिच्छेद’ को छायाङ्कन

फिल्म ‘विच्छेद’ को छायाङ्कन सकिएको छ । ‘कोभिड १९’ को चपेटामा परेको फिल्मको छायाङ्कन तीन वर्षपछि सकिएको हो । फिल्मको पहिलो चरणको छायाङ्कन २०७६ चैत ५ गते सुरु भएको थियो । सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका देख्न सकिन्छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा एकसाथ काम गरेका थिए ।
राज पण्डित, सुवास राई र साबि बज्राचार्यको लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, जीवन थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ । संकल्प भुजेल छायाङ्कार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए ।
फिल्ममा एसडी योगी र सुरज थापाको संगीत छ । रामेछापको एक गाउँमा सम्पूर्ण फिल्मको छायाङ्कन गरिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ