ad
x

यु–१९ क्रिकेटको उपाधि लुम्बिनीलाई

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

सुदूरपश्चिम प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेशले वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित उपाधि हात पारेको हो ।


२ सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिँदा लुम्बिनीले फाइनलमा फराकिलो जित निकालेको हो । जितसँगै लुम्बिनीले नगद २ लाख रुपैयाँ पुरस्कार थापेको छ । यस्तै उपविजेतामा खुम्चिएको सुदूरपश्चिमले एक लाख रुपैयाँमा चित्त बुझाएको छ ।



मध्य लक्ष्य पाएको सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन पारी खेल्दा ओपनर कप्तान खडक बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रनमा जोड्नु बाहेक अन्य टोलीले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।



सुदुरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए निकाल्दा दुर्गेश गुप्ताले ३ विकेट तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।



यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर २ सय १२ रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे । देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे ।



सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे । शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट आफ्नो नाममा लेखाए । नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए । प्रतियोगितामा प्यलेयर अफ दि म्याच लुम्बिनीका अजय चौहान चुनिँदा लुम्बिनी मोहम्म हुसेन उत्कृष्ट बलर, लुम्बिनीकै देभ खनाल उत्कृष्ट ब्याट्स म्यान तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीकै मोहम्मद हुसेन नै चुनिए । राउन्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।