शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारी भएको भन्दै ३ करोड ४ लाख ठग्ने पक्राउ, नगद असुलेर पैसा नभएको चेक दिने गरेको खुलासा

मङ्गलबार, २१ मङ्सिर २०७८, २३ : ०३
मङ्गलबार, २१ मङ्सिर २०७८

आफूलाई व्यापारीको रुपमा चिनाएर विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भइ काठमाडौंको टोखा बस्ने  ४१ वर्षीय मन्दिप कुमार गुरुङ रहेका छन् । उनले  विभिन्न व्यक्तिहरुलाई आफू ब्रिटिस आर्मीबाट अवकाश भइ अहिले व्यवसायमा लागेको र  नवलपरासी जिल्लामा जग्गा प्लानिङसमेत गर्न लागेकाले रकम आवश्यकता परेको भन्दै विश्वासमा पारी विभिन्न व्यक्तिहरुबाट रकम असुलेका थिए । 

पछि उनले पीडितहरुलाई खातामा रकम नरहेको विभिन्न बैंकहरुका रु ३ करोड ४ लाख रकमको चेक जारी गरी ठगी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौको विशेष टोलीले गुरुङलाई टोखाबाट पक्राउ गरेको हो । 

उनलाई उच्च अदालत पाटन, ललितपुरवाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको  परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । गुरुङले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुन सक्ने भएकोले परिसरले सम्पर्कमा आउन समेत अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप