शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार जोगिन्दर बने महाधिवेशन प्रतिनिधि

बुधबार, २२ मङ्सिर २०७८, ११ : ३१
बुधबार, २२ मङ्सिर २०७८

नेपाली काँंग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिव शंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल सांस्कृतिक संघको महामन्त्री समेत रहेका रिजाल ५ सय १३ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । 
 
दोस्रोपटक सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाता प्रति आभार व्यक्त गरे । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रुपमा बुझ्न आग्रह गरे । ‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिष्पर्धा गर्छौं । तर , नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्,’ रिजालले भने । 

उनले १४ औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताए । ‘हामी कलाकारले अब हाम्रो आवाज पार्टीमा अझै बुलन्द रुपमा राख्न सक्छौँ। यसबाट कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाहरूलाई अवश्य टेवा पुग्ने छ,’ उनले भने । रिजालले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप