कैलालीमा फरार २ अभियुक्त पक्राउ
बुधबार, २२ मङ्सिर २०७८, १५ : १६
कैलालीमा ज्यान मार्ने र सवारी ज्यान मुद्दाका फरार २ जनालाई प्रहरी ले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले कैलाली साविकको दोधारा गाविस ७ का ३३ वर्षीय दिपेन्द्र बुढा र सोही ठाउँका ३० वर्षीय मोहन भट्टराईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दिपेन्द्र २०६४ चैत ८ गते एक व्यक्तिलाई ज्यान मार्ने उद्योग गरी फरार भएका थिए । त्यस्तै मोहनले चलाएको से १ प ६७६३ नम्बरको मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पक्राउ पछि उनीहरुमाथि प्रहरीले कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता