ad
x

नीतिकथा : उपहासको नतिजा

person explore access_timeमंसिर २३, २०७८ chat_bubble_outline0

कतिपय मानिसमा अरूको उपहास गर्ने बानी हुन्छ । हिजोआजक सायद यसलाई प्र्याङ गर्ने भनिन्छ क्यारे । अरूको उपहास गर्दा गर्नेलाई एकछिन मजै होला, मजा हुने भएर नै गरेका होलान् तर यो राम्रो भने होइन । यही बानी नै एक दिन आफ्नै उपहासको कारण बन्न पुगिरहेको हुन्छ । तलको कथाले हामीलाई यही सन्देश दिन्छ ।


धेरै पहिले कुनै जङ्गलमा एउटा धूर्त स्याल बस्थ्यो । अरूलाई मूर्ख बनाएर मजा लिने उसको बानी थियो । ऊ हरेक समय यस्तै ताकमा रहन्थ्यो । मौका कुरेर बस्थ्यो, कुनै नयाँ जनाबर देख्ने बित्तिकै कुनै न कुनै जुक्ति निकालेर मूर्खताको जालमा फसाउने गथ्र्यो । कुनै बेला लामो समयसम्म कसैलाई मूर्ख बनाउन पाइएन भने न निद्रा लाग्थ्यो न खानाको स्वादै पाउँथ्यो । एवंरीतले उसले त्यस जङ्गलका सबै जनाबरलाई मूर्ख बनाइसकेको थियो, जसले गर्दा त्यहाँका जनाबर कसैले पनि उसलाई अविश्वास गर्ने मात्र होइन सङ्गतै गर्न छाड्दै गएका थिए । 



त्यसपछि उसको बेचैनी बढ्दै जान थाल्यो । उसको बानी थियो कसैलाई मूर्ख नबनाई चैनको निदै नआउने, समाजको अवस्था थियो कसैले पनि फुटेको आँखाले नहेर्ने । जहाँ पनि जान्थ्यो त्यहाँका जनाबरहरू कि उठेर हिड्थे कि वास्तै गर्दैनथे तर ऊ पनि चानचुने भने थिएन । कुनै न कुनै जुक्ति निकालेर नयाँ साथी खोज्थ्यो र केही समय सङ्गत गरी मूर्ख बनाउने गथ्र्यो ।



समय बित्दै गयो उसको अभियान पनि जारी नै रह्यो । एक दिन नयाँ साथी खोज्दै खोलाको किनारतिर डुलिरहेको बेला एउटा सारसलाई देख्यो । उसका लागि सारस नयाँ थियो । उसले यस अघि यस्तो प्राणी देखेकै थिएन । सारसलाई देख्ने बित्तिकै उसले अर्को मुर्गा फेला परेको ठान्यो र मुख मिठ्याउँदै नजिक गएर सोध्यो–



‘मित्र ! यस ठाउँमा नयाँ जस्तो लाग्छौ नि हो ?’



सारसले छड्के आँखाले हेर्दै भन्यो–



‘किन र ?’



‘किनकि यस अघि यता कतै देखे जस्तो लाग्दैन ।’

‘हो, ठीक भन्यौ, यस स्थानका लागि नयाँ नै हुँ ।’

‘एक्लै ?’

‘आफैँ त एक्लै भनौँ ।’

‘नयाँ स्थानमा एक्लै बस्न गाह्रो पर्दैन ?’

‘के गर्ने त खोइ, भरखरै आएको छु ।’

‘यो स्थान त्यति राम्रो छैन, कसैले एक्लो थाहा पाए भने दुःख दिन सक्छन् बुझ्यौ ?’

‘हो र ?’

‘हो त नि ।’

‘तैपनि ।’

‘के तैपनि ?’

‘यही कि नयाँ छु, को साथी खोज्न जाने भनेको नि ।’

‘किन चिन्ता गर्छौ ? चाहन्छौ भने मै साथी बनिदिउँला नि । यस अघि पनि तिमीजस्तै अकालमा परेका धेरैलाई सहयोग गर्दै आएको छु । पुरानो बासिन्दा हु । मेरो साथमा देखेपछि कसैले पनि दुःख दिने आँट गर्ने छैनन् ।’

सारस सिधा थियो । स्यालको धुत्र्याईँ बुझ्न सकेन र सहमति जनायो । त्यसपछि उनीहरूले त्यही सिर्सिरे खोलालाई साक्षी राखी मीत लगाए । स्याल घनिष्ठ मित्रको अभिनय गर्दै नयाँ नयाँ कथा सुनाउने गथ्र्यो सारस लठ्ठ पर्दै उसकै अघिपछि हिड्ने गथ्र्यो । माछो जालमा परिसकेको बुझेपछि स्यालले एक दिन घरमा भोजनको निम्तो दियो । सारस पनि खुसी हुँदै केही उपहार लिएर उसको घर पुग्यो ।

स्यालले खुसी हुँदै सारसलाई भित्र लगेर पिर्कामा राख्यो र थालमा ताततातो खिर पस्केर ल्यायो । तातो खिर देखेर सारसको मुख रसायो तर उत्तानो थालको खिर खाओस कसरी । उसका अगाडि टुलुटुलु हेरेर बस्नुको विकल्प थिएन । स्याल यस्तै मौकाको प्रतीक्षामा थियो । मनमनै खुसी हुँदै आफ्नो भागको खिर खाइसक्यो र भन्यो–

‘ओ हो ! मित्रले त अझै खान सुरू गरेकै रहेनछ, मन परेन कि कसो ?’

सारसले अहिलेसम्म स्यालले आफूलाई मूर्ख बनाउन बोलाएको रहेछ भन्ने बुझिसकेको थियो तर त्यसको छनक भने दिएन र कुरा बनाउँदै भन्यो–

‘त्यसो होइन मित्र ! खिर मीठै बनाउनु भएको रहेछ तर के गर्ने हेर्नुस् न अहिलेको अहिल्यै के भएछ कुन्नि जोडले पेट दुख्न लाग्यो ।’

त्यसपछि सारस खिन्न मनले विदा मागेर घरतिर लाग्यो । स्याल भने उसलाई मूर्ख बनाउन पाएकोमा दङ्ग पर्दै बस्यो । बिस्तारै सारसले खिरको सम्झना बिर्सँदै गएको भए पनि अपमानलाई बिर्सन सकेको थिएन । त्यसैले ऊ स्यालसँग बदला लिने योजना बनाएर बस्यो ।  

केही दिनपछि सारसले स्याललाई आफ्नो घरमा भोजनको निम्तो दियो । तोकिएको दिन स्याल खुसी हुँदै सारसको घरमा निम्तो मान्न गयो । सारसले पनि उसका लागि खिर नै बनाएको रहेछ । उसले स्याललाई भित्र बोलायो र गुद्रीमा बसाएर खिर पस्कन लाग्यो । खिरको वासना आउने बित्तिकै स्यालको मुखबाट ¥याल चुहिन थाल्यो तर खान भने पाएन । किनकि खिर सुराहीमा पस्केर ल्याइएको थियो । एउटा सुराही स्याललाई दिएर आफू आफ्नो भागको खिर खान थाल्यो तर स्याल भने हेरेको हे¥यै भयो । 

सारसले पनि स्यालले जस्तै आफ्नो भागको खिर खाइसक्यो र ऊतर्फ फर्कदै भन्यो–

‘ओ हो मित्रले त अझै खान सुरू नै गरेका रहेनछन्,  मीठो लागेन कि कसो ?’

विचरा स्याल के गरोस् । मनमनै विगतलाई सम्झदै भन्यो–

‘त्यसो होइन मित्र  ! खिर मीठो छ । अस्ति तिमीलाई जस्तै मलाई पनि अहिलेको अहिल्यै के भयो कुन्नि अचानक पेट दुखेर आयो ।’

यति भन्दै स्याल खिन्न मन लिएर भोकभोकै घर फक्र्यो र त्यस दिनदेखि कहिल्यै यस्तो गर्ने हिम्मत गरेन । भनाइ नै छ नि अरूलाई एउटा औँलो देखाउँदा चारवटा औँलो आफैँतर्फ फर्किरहेको हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X