जनजातितर्फ खुल्लामा चिनकाजी र महिलामा सीता गुरुङलाई सार्वधिक मत
शुक्रबार, ०९ पुस २०७८, ०७ : ५३
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १५ जना केन्द्रीय सदस्यमा १४ जना देउवा पक्षका निर्वाचित भएका हुन् ।
देउवा समूहबाट चिनकाजी श्रेष्ठ २३०८, उमेश श्रेष्ठ २१४४ , बहादुरसिंह लामा २११४, दिलमान पाख्रिन १९७६, टेकबहादुर गुरुङ १९०६ , आङ्गेलु शेर्पा १८९८ र तारामान गुरुङ १८४८ मत ल्याएर निर्वाचित भएका छन् ।
आदिवासी जनजातितर्फ विजयी भएका टेकप्रसाद गुरुङ १७७८ भने कोइराला समूहबाट उम्मेदवार बनेका थिए ।
त्यस्तै, महिलातर्फ सीता गुरुङ २३०७ , अन्जनी श्रेष्ठ २१२४, सरस्वती बजीमय २०४८, गंगा लक्ष्मी १८५७, माया राई १८७३, सीता कुमारी राना १८३५ र सुशीला थिङ १७९५ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरु सातै जना देउवा पक्षका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफूविरुद्ध पक्राउ पुर्जीको मागपछि नेतान्याहु क्रुद्ध, अमेरिकाको समर्थन
-
सहकारीको समस्या समाधान गर्दा अर्थतन्त्रको हित हुन्छ : अग्रवाल
-
१० महिनादेखि न्याय नपाएको भन्दै सडक अवरुद्ध
-
बागलुङका ११ हजार बालबालिकालाई आइपीभी खोप लगाइँदै
-
त्रिभुवन विश्वविद्यालयको जग्गामा बिचौलियाको रजाइँ
-
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण