प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनु भयो
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ फर्काएको छ । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले ‘इतिहासमा चर्को मूल्य चुकाउनुपर्ने’ कांग्रेसलाई चुनौती दिएका थिए ।
प्रतिनिधिसभा बैठकपछि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीररुपले ध्यान आकृष्ट भएको बताए । ‘आइतबार गृहमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र आज प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको ध्यान गम्भीररुपले आकृष्ट भएको छ । सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली कांग्रेसले जे गर्यो । त्यसका लागि भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो । तपाईँहरूले हामीलाई भोटको राजनीतिमा आएपछि सहयोग गर्नु भएको हो । हामीले पनि गरेका हौँ ,’ उनले भने ।
लेखकले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई जंगलबाट राजनीतिमा ल्याएको स्मरण गराए । ‘तपाईँलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो बिर्सिनु भयो । हतियारकै बलमा यो सत्ता परिवर्तन गर्छु भनेर हिँड्नु भएको तपाईँलाई शान्तिमा कसले ल्याएको हो ? कसको नेतृत्वमा आउनु भएको हो बिर्सिनु भयो ?,’ उनको प्रश्न छ ।
माओवादी र प्रचण्डलाई नेपालको राजनीतिमा स्थापित गराउन कांग्रेसको सहयोग गरेको लेखकको दाबी छ । ‘तपाई र तपाईँको दललाई नेपालको राजनीतिमा स्थापित गराउन कांग्रेसको सहयोग छैन ? कांग्रेसको भूमिका छैन । भोलिका दिनमा के मूल्य चुकाउनुपर्छ ? तपाईँहरू निरशंकुस्तातिर जाने । मूल्य हामीले चुकाउने ?,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण