सिंहदरबारलगायत पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने मेयर बालेनको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोर बोक्ने आफ्ना ४ जना चालक रिहा नभएसम्म फोहोर नउठाउने जनाएको छ । सोमबार काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन ।’
को–को जुध्न आउने हो आए हुन्छ भन्दै मेयर शाहले कसैलाई बाँकी नछोड्ने उल्लेख गरेका छन् । काठमाडौँ महानगरको फोहोर बोकेर माओवादी पार्टी कार्यालय पेरिसडाँडा जाँदै गरेका ४ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि मेयर शाहले गाडी र चालकलाई पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण