भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
मङ्गलबार, ०८ जेठ २०८१, ०८ : १५

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।
महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो ।
सूचनमा रेल्वे सेवा पुनः साविक बमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक आइतबारका लागि सर्यो
-
अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु अनुचित: सञ्चारमन्त्री
-
बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा
-
तीन कविता : 'झोला','भोला'र 'झोले'
-
सत्तापक्ष र प्रतिपक्ष दलबिच भएकाे छलफल निष्कर्षविहीन
-
विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्याली