बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी समिति बैठक सकियो, यी विषयमा छलफल

बिहीबार, १५ पुस २०७८, १९ : १५
बिहीबार, १५ पुस २०७८

नेकपा माओवादी केन्द्रको बिहीबार दोस्रो पटक बसेको स्थायी समिति बैठक सकिएको छ ।  जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो ।

बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो । 

'समूहगत रुपमा आएका सुझावहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ' एक स्थायी समिति सदस्यले भने । समूहगत छलफल बिहीबार सकिएको छ र भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । 

स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पुन बस्ने छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप