दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सभापति सिंहको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले दार्चुलाका विकट क्षेत्रमा बाटो नहुँदा स्थानीयले सास्ती पाएको बताएका छन् । बिहीबार बसेको समितिको बैठकमा उनले सो कुरा बताएका हुन् ।
आफू दार्चुलाको दुर्गम क्षेत्रमा स्थलगत भ्रमण गर्दा अपि हिमालको फेदमा बसेका बासिन्दालाई जिल्लाको सदरमुकाम आउन समेत भारतको बाटो प्रयोग गर्नु परेको, जाडोयाममा तातो ठाउँमा बसाइँ सर्दा भेडा च्याङ्ग्रा भारतबाट अनुमानि लिएर नेपाल आउनुपर्ने दुःखद अवस्था रहेकोप्रति ध्यानाकर्षण गराए ।
विगतमा नेपालकै भूभागमा घोडेटो बाटो रहेपनि हाल त्यसको अस्तित्व नरहेकोले आफ्नै भूमिको बाटो प्रयोग गरि तत्कालका लागि घोडेटो बाटो बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् । साथै त्यो बाटोका लागि आगामी आर्थिक वर्षमा बजेट ब्यवस्था गर्नपनि आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण