गर्मीमा छालाको दाग हटाउन यसरी बनाउनुस् होममेड नाइट मास्क
काठमाडौं । गर्मी महिना सुरु भइसकेको छ । गर्मीमा छाला चिल्चिलाउने, पोल्ने, डन्डीफोर आउने जस्ता छालामा अनेकौं समस्या आउँछ । यसका कारण छाला दिक्क लाग्दो देखिन थाल्छ । तर घरमै बनाइएको फेस मास्कले यी सारा समस्या भगाउन सकिन्छ ।
यसको लागि घ्यू कुमारी अर्थात् एलोभेराको प्रयोग निकै उपयोगी हुनसक्छ । एलोभेरा जेलले छालालाई मोइस्चराइज गर्छ र चिलाउने समस्याबाट राहत दिन्छ । यसले एन्टी एजिङ क्रिम जस्तै काम गर्छ अनि डन्डीफोरलाई पनि टाढा राख्छ ।
रातिको समयमा हामी सुतिरहेको बेलामा छालाले तेजका साथ आफूलाई हिल गर्छ । रातिको समयमा मुखको छालालाई राम्रोसँग सफा गरेर छालाको हेरचाहका लागि नियमित रुटिन अपनाउने हो भने छालाको आधाभन्दा बढी समस्या स्वतः निको हुनसक्छ ।
रातिको समयमा नाइट स्किन केयरका लागि एलोभेराको जेल प्रयोग गरेर छालाको हेरचाह गर्न सकिन्छ । राति एलोवेरा जेल प्रयोगलाई नाइट फेस मास्कको रुपमा अनुहारमा लगाउने हो भने कयौं प्रकारका फाइदा मिल्न सक्छ । एलोभेरामा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट, एन्टि–ब्याक्टेरियल, एन्टी–इन्फ्लेमेटरी गुणहरू पाइन्छ । यसले डन्डीफोर आदिलाई सजिलै हटाउन मद्दत गर्दछ ।
आज हामी यहाँ एलोभेरा जेलबाट घरमै नाइट मास्क बनाउने तरिकाबारे कुराकानी गर्नेछौं
पहिलो तरिका
तपाईंले एलोभेरामा मह मिलाएर प्रयोग गर्नुभयो भने यसले छाला सुख्खा हुने समस्यालाई तुरुन्तै हटाउन सक्छ । यसले दाग हटाउन पनि मद्दत गर्दछ । यसका लागि एक चम्चा एलोभेरामा र १ चम्चा मह मिलाउनुस् । यसलाई राम्रोसँग फिट्नुहोस् अनि बिस्तारै छालामा लगाएर मसाज गर्नुस् । २० मिनेटपछि अनुहार धुनुस् । छालामा चमक देखिन थाल्नेछ ।
दोस्रो तरिका
एउटा कचौरामा दुई चम्चा एलोभेरा जेल राख्नुस् अनि त्यसमा दुई चम्चा गुलाबजल मिलाउनुस् । दुबै राम्ररी फिट्नुस् । कपासको टुक्राको सहायताले छालामा राम्ररी लगाउनुस् । यसलाई रातभर छालामा छोडिदिनुस् । यसको नियमित प्रयोगले छालाको दाग विस्तारै हटेर जानेछ ।
एलोभेरा जेलले छालालाई मोइस्चराइज गर्छ । चिलाउने समस्यालाई कम गर्छ, पिग्मेन्टेसनको समस्या हटाउँछ । यसले एन्टी एजिङको रूपमा पनि काम गर्छ ।
यसले डन्डीफोरको समस्या पनि हटाउँछ । अनुहारको छालामा मसाज गर्दा एलोभेर जेलको प्रयोग गर्दा रक्तसञ्चारमा पनि सुधार आउँछ । तर कसैकसैलाई भने एलोभेराले चिलाउने, बिबिरा आउने जस्ता समस्या पनि देखिन सक्छ । यस्तो समस्या देखियो भने तत्कालै यसको प्रयोग बन्द गर्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
-
ब्रिटिस काउन्सिलद्वारा अर्बिट मेडिकल इन्ट्रान्सलाई ‘प्लाटिनम पाटर्नर अवार्ड’ प्रदान
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण