बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी अनुशासन आयोगको ठहर : गुटगत प्रवृति मौलायो

शुक्रबार, १६ पुस २०७८, १५ : ३५
शुक्रबार, १६ पुस २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत शुक्रबार सो पार्टीको अनुशासन आयोगले आफ्नो प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष टंक राईले शुक्रबारको बन्दसत्रमा आयोगको प्रतिवेदन पेश गर्दै पार्टीमा गुटगत गतिविधि मौलाएकाले त्यसलाई अन्यत्र गर्नुपर्ने बताएका छन् । उनले केन्द्रमा गुटगत प्रवृति कम देखिएपनि जिल्ला जिल्लामा अझ बढी गुट मौलाएको बताए । साथै उनले पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृति पनि पार्टीमा देखिएको बताए ।

उनले बहुमतको निर्णयविरुद्ध गुटगत गतिविधि समस्या रुपमा रहेकाले त्यसलाई अन्त्य गर्नुपर्ने सुझाव दिए । त्यस्तै उनले पार्टीमा अपरादर्शी आयआर्जन, जीवन शैली उच्च हुने गरेको जस्ता समस्या देखिएको बताए । साथै कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले सादा जीवनशैली अपनाउनुपर्ने र पारदर्शी जीवन शैली नभए आयोगले कारवाही गर्ने चेतावनी दिए ।

त्यस्तै सांस्कृतिक सामाजिक विचलन समेत पार्टीमा भयाबह देखिएको बताए । उनले छुवाछुत र लिङ्गका आधारमा कसैलाई फरक व्यवहार गर्न नहुनेमा जोड दिए । ‘अनुशासन पार्टी जीवनको महत्वपुर्ण विषय हो । अनुशासित पार्टीले मात्रै राजनीतिको नेतृत्व गर्छ’, राईले आयोगको औचित्यबारे प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप