बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी महाधिवेशन : निर्वाचन कार्यक्रम संशोधन

शनिबार, १७ पुस २०७८, २० : २४
शनिबार, १७ पुस २०७८

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनका लागि तय गरिएको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । सहमतिमा सदस्य चयन गर्नका लागि गृहकार्य चलिरहँदा केन्द्रीय निर्वाचन आयोगले कार्यक्रम संशोधनबारे सूचना प्रकाशित गरेको हो ।

संशोधित कार्यक्रमअनुसार उम्मेदवारको मनोनयत पत्र दर्ता शनिबारबाट आइतबार २ बजेदेखि ३ः३० बजेसम्मका लागि सारिएको छ । त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशत ५ः४५ बजेसम्म गर्ने र ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदान गर्ने कार्यतालिका प्रकाशित गरिएको छ ।


यसअघिको निर्वाचन कार्यक्रममा उम्मेदवार मनोनयनको प्रक्रिया आजै साँझ ८ बजे देखि सुरु हुने र राति १०ः३० मा उम्मेदवार मनोनयन पछिको सुची सार्वजनिक गरिने तयारी थियो । उता महाधिवेशन अन्तर्गतको बन्दसत्र कार्यक्रम आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि थप गृहकार्य गर्नुपर्ने भएकोले आइतबार १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप