शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१० वटा च्यारिटी संस्थालाई सहयोग

आइतबार, १८ पुस २०७८, ११ : ३८
आइतबार, १८ पुस २०७८

लन्डन । बेलायतमा नेपालीद्वारा संचालित ‘ए स्टार फाइनान्सियल सोलुसन्स् यूके’ ले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा कम्पनीले १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको छ । आफ्ना १० बफादार ग्राहकलाई गिफ्ट हयाम्परसहित उनीहरुले रोजेका बेग्लाबेग्लै १० च्यारिटी संस्थालाई दुई हजार पाउण्ड (करिब तीन लाख २० हजार रुपैयाँ) सहयोग गरेको हो ।  

ति च्यारिटी संस्थामा रत्न आश्रम, एड्भोकेसी फर द नेपलिज अर्गनाइजेशन (आफ्नो), क्यान्सर रिसर्च यूके, ओखलढुंगा पारस्परिक गुठी तथा अनाथ आश्रम, रिजनल क्यान्सर सेन्टर केरला भारत, एभरग्रीन केयर यूके, ओरल हेल्थ फाउण्डेशन, चाइल्ड रेस्क्यू नेपाल र स्नेही काख छन् ।  

ए स्टारले अपांग बालबालिकाको हितमा काम गर्ने च्यारिटी संस्था सर्कस स्टारमार्फत १० जना बालबालिकाका लागि इभेन्ट्समा जान खर्च पनि बेहोरिदिएको छ । कम्पनीले उक्त च्यारिटी संस्थाचलाई वर्षेनी सहयोग गर्दै आएको छ ।  

वार्षिकोत्सव मनाउन तामझामसहित खर्च गर्नुको सट्टा समुदायको हितका लागि यस्तो सोच बनाइएको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर तथा टप प्रोटेक्सन एड्भाइजर २०२१ अवार्ड विजेता मीन दर्लामीले बताए ।  

बेलायतमा चार शाखा रहेको ए स्टारले पेन्सन, इन्भेष्टमेन्ट, वील्स् एण्ड स्टेट प्लानिङ, मोर्गेजेज्, इन्सुरेन्स जस्ता क्षेत्रमा सेवा प्रदान गर्ने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप