शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘दुरा जातिका लोककथाहरू’ प्रकाशित

बुधबार, २१ पुस २०७८, १४ : १४
बुधबार, २१ पुस २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘दुरा जातिका लोककथाहरू’ नामक पुस्तक प्रकाशित भएको छ । साहित्य (मातृभाषा) विभागको अनुसन्धान परियोजनाअन्तर्गत दुरा भाषाविज्ञ मुक्तिनाथ घिमिरेको सङ्कलन तथा लेखनमा नेपालका अल्पसङ्ख्यक दुरा जातिमा प्रचलित लोककथाहरूको सङ्ग्रह ‘दुरा जातिका लोककथाहरू’ प्रकाशित भएको हो । 

पुस्तकमा दुरा जातिको परिचयका साथै उक्त जातिमा प्रचलित ३२ ओटा लोककथा समाविष्ट रहेका छन् । ९६ पृष्ठको पुस्तकको मूल्य १३० रुपैंया रहेको छ । साहित्य (मातृभाषा) विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीका अनुसार इन्द्र चौधरीको सङ्कलन तथा लेखनमा ‘रानाथारू जातिका लोककथाहरू’ प्रकाशोन्मुख रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप