शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘दौड’ बनाउँदै निर्देशक घिमिरे

बिहीबार, २२ पुस २०७८, ११ : १७
बिहीबार, २२ पुस २०७८

फिल्म ‘दौड’ निर्माण हुने भएको छ । निर्देशक मदन घिमिरेले आफ्नै निर्माण निर्देशनमा फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणका लागि उनले चलचित्र विकास बोर्डबाट अनुमति समेत लिइसकेका छन् । सामाजिक विषयमा प्रेमकथा समेटेर फिल्म ‘दौड’ निर्माण गर्न लागेको मदन घिमिरेले बताए ।

‘हरेक मानिसले दैनिक जीवन जिउने क्रममा केही न केही दौड गरिरहेको हुन्छ । त्यही बिषयलाई सिम्पल तवरबाट फिल्ममा पस्किन लागेको छु’ निर्देशक घिमिरेले भने, ‘प्रेमकथा, एक्सन र कमेडी पनि फिल्मले समेट्नेछ ।’ सबै वर्गका दर्शकको रूचिलाई ध्यानमा राखेर अबको फिल्म निर्माण गर्ने घिमिरेले सुनाए ।

फिल्मको कथा पनि घिमिरे आफैंले तयार गरेका छन् । जसको पटकथा सम्वाद अहिले तयार हुँदैछ । त्यो लेखन सकिएपछि कलाकार र प्राविधिक समेत छनौट गर्ने उनले योजना बनाएका छन् । फिल्ममा रहने कलाकार प्राविधिकको बिषयमा पहिलो चरणको कुराकानी समेत उनले सकाएका छन् । लेखन नसकिएकोले फाइनल गर्न नमिलेको उनले बताए ।

छिट्टै कलाकार र प्राविधिक फाइनल गरेर घोषणा गर्ने तारतम्यामा उनी छन् । फिल्मको छायाङ्कन भने फागुनबाट हुनेछ । घिमिरेले ‘डन’, ‘दादागिरी’, ‘मिस्टर डन’ लगायत थुप्रै हिट फिल्म दिएका छन् । घिमिरे निर्देशित पछिल्लो फिल्म ‘आँधी तुफान २’ प्रदर्शनको तयारीमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप