बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विकास र विना अभिनित ‘एकै नजरमा’ सार्वजनिक

शुक्रबार, २३ पुस २०७८, ०९ : ५९
शुक्रबार, २३ पुस २०७८

एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भाव समेटिएको गीत ‘एकै नजरमा’ सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वर र बिष्णु बाबु देवकोटाको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ । 

राहुल प्रधानको संगीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा विकास लामिछाने र  विना राउतको रोमान्टिक मुडमा देख्न सकिन्छ ।  

कालिन्चोकमा छायाँकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन र दिन्सन शाहको सम्पादन छ । भिडियो निर्देशक केशव राज भट्टले गरेका हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप