आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

लखनउलाई पहिलो पटक हराउला हैदराबादले ?

बुधबार, २६ वैशाख २०८१, १० : १६
बुधबार, २६ वैशाख २०८१

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औँ सिजनमा आज सनराइजर्स हैदराबादले लखनउ सुपरजाइन्ट्सको सामना गर्दैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

आज हैदराबाद र लखनउ दुवैको सिजनको १२ औँ खेल हुनेछ। दुवै टोलीले ११ खेलमध्ये ६ मा जित र ५ हार बेहोरेका छन् । राम्रो रन रेटका कारण हैदराबाद चौथो स्थानमा र लखनउ पाँचौँ स्थानमा छ । आजको खेल जित्ने टोलीको छनोट हुने सम्भावना बढ्नेछ ।

travis head

  • हैदराबादविरुद्ध लखनउ अपराजित

आईपीएलमा हैदराबादले अहिलेसम्म लखनउलाई हराउन सकेको छैन । हैदराबाद र लखनउबिच लिगमा हालसम्म ३ खेल भइसकेका छन् । लखनउले सबै जितेको छ। हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा एक खेल भएको थियो । जसमा लखनउ ७ विकेटले विजयी भयो ।

  • ट्राभिस हेडको नाममा धेरै रन

यस सिजन हैदराबादका ब्याट्सम्यान राम्रो लयमा छन् । तीन ब्याट्सम्यानले तीन सयभन्दा बढी रन बनाएका छन् । जसमा ट्राभिस हेड, हेनरिक क्लासेन र अभिषेक शर्मा पर्छन्। हेड ४ सय ४४ रन बनाएर टिमका सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

pat cummins

बलरमा टी नटराजन र कप्तान प्याट कमिन्सले राम्रो प्रदर्शन गरिरहेका छन् । नटराजन १५ विकेट लिएर टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

  • कप्तान राहुल सफल

लखनउमा कप्तान केएल राहुल बाहेक मार्कस स्टोइनिस र निकोलस पूरनले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । तीनै जनाको नाममा ३०० भन्दा बढी रन छन् । राहुलले ११ खेलमा ४३१ रन बनाएका छन्, उनी टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

kl rahul

बलिङमा यश ठाकुर शीर्ष स्थानमा छन् । उनले ११ विकेट लिएका छन् ।

  • पिच रिपोर्ट

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालाको पिच ब्याटिङमैत्री छ । बलरहरूले यहाँ थोरै मद्दत पाउँछन्। उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन्। 

यस रंगशालामा हालसम्म ७५ वटा आईपीएल खेल खेलिएका छन्, जसमध्ये ३४ खेलमा पहिले ब्याटिङ गरेको टोलीले जितेको छ भने ४१ खेल पछ्याउने टोलीले जितेको छ ।

lsg

  • मौसम अवस्था

हैदराबादमा मे ८ मा पानी पर्ने सम्भावना ४० प्रतिशत छ। दिनमा हल्का घाम लाग्ने छ। तापमान २६ देखि ३८ डिग्री सेल्सियसको बिचमा हुनेछ।

  • दुवै टोलीको सम्भावित प्लेइङ-११

लखनऊ सुपर जायन्ट्स: केएल राहुल (कप्तान र विकेटकिपर), मार्कस स्टोइनिस, दीपक हुडा, निकोलस पूरन, एस्टन टर्नर, आयुष बडोनी, क्रुणाल पाण्ड्या, रवि बिश्नोई, नवीन-उल-हक, यश ठाकुर र मोहसिन खान।

इम्प्याक्ट प्लेयर: अर्शिन कुलकर्णी।

सनराइजर्स हैदराबाद: प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, मयंक अग्रवाल, नितिश रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, शाहबाज अहमद, मार्को जान्सन, भुवनेश्वर कुमार, टी नटराजन।

इम्प्याक्ट प्लेयर : सनवीर सिंह।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप