देउवाले बोलाए शीर्ष नेताको बैठक
बुधबार, २६ वैशाख २०८१, १० : २१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।
२८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको स्वकीय सचिव भानु देउवाले बताए ।
बजेट अधिवेशनबारे छलफल गर्न कांग्रेसले बिहीबार संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकअघि देउवाले शीर्ष नेतासँग छलफल गरेर बजेट अधिवेशनमा कांग्रेसको आगामी रणनीति तय गर्न खोजेको देखिन्छ ।
कांग्रेसले लामो समयदेखि सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । लामिछानेको नाम उल्लेख नगरी संसदीय समिति गठनका लागि सत्ता पक्ष तयार देखिए पनि कांग्रेस सहमत भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण