सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राजधानीमा ‘खजुरे ब्रो’ प्रिमिएर

बुधबार, २६ वैशाख २०८१, १० : ४४
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘खजुरे ब्रो’ प्रिमिएर गरिएको छ । मंगलबार साँझ सभिल मल स्थित क्युएफएक्समा आयोजित प्रिमिएरमा फिल्मकर्मी र रंग पत्रकारको सहभागिता थियो । प्रिमिएरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । कतिलले फिल्म ठिकै भएको बताउँदा, कतिले रमाइलो रहेको धारणा समेत दिए ।

वैशाख २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने फिल्मले साथीको सम्बन्ध र पैसाले श्रीमान् श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्छ । फिल्ममा सहकारी ठगीको विषयलाई समेत गम्भिरताका साथ उठाउन खोजिएको छ । फिल्मको आज बुधबार धरानमा पनि प्रिमियर हुँदैछ ।

नवीन मानन्धरको निर्माण रहेको फिल्ममा महेश त्रिपाठी, रेअर राई, नवीन मानन्धर, नीति शाह, पुस्कर कार्की, बिनिता थापा मगर, शान्तिला तामाङ लगायतको अभिनय छ । प्रिमिएरमा फिल्मका कलाकार सबै उपस्थित थिए ।

काठमाडौँ, दार्जलिङ, धरान र इटहरीमा छायांकन भएको फिल्म दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो ।

नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।

रोहित रत्नको आरआर फिल्मस्ले वितरण जिम्मा लिएको फिल्मका डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्म शिशिर विशंखेले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको सङ्गीत फिल्ममा छ । 

niti shaniti reyar 1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप